आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ । सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

उनका अनुसार मंगलबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ । एमालेको १०औं महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदै छ ।