विभागीय डर्बीमा पुलिस र आर्मीको बराबरी
सहिद स्मारक 'ए' डिभिजन लिग

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले १–१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भए । विभागीय डर्बीमा पुलिसले अग्रता लिए पनि आर्मी वैकल्पिक खेलाडी विवेक बस्नेतको गोलबाट खेलमा फर्किएको थियो ।
गत सिजनको उप–विजेता आर्मीविरुद्ध सन्तोष हेमरमले ५१ औँ मिनेटमा गोल गरेको थियो । आर्मीका विकास तामाङले पुलिसका बुद्ध बल तामाङलाई लडाएपछि पुलिसले प्रि–किको अवसर पाएको थियो । राष्ट्रिय टिमका मिडमिल्डर तेज तामाङले प्रहार गरेको फ्रि–किकबाट आएको बललाई सन्तोषले हेडरमार्फत पोस्टको दिशा देखाए ।
तर आर्मीले सात मिनेटपछि नै खेलमा पूनरागमन गरेको थियो । उसका लागि विवेकले लंग रेन्ज गोल गरेका थिए । पछिल्ला दुई सिजन लगातार पुलिसविरुद्ध हावी भएको आर्मी यसपालि भने रोकियो । सोमबार नै हुने अर्को खेलमा च्याम्पियन मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया