कर्णालीका मुख्यमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच सोमबार भेट भएको छ । भेटघाटको अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपद् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।
यस्तै शर्माले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न इच्छुक रहेको र कर्णाली करिडोरअन्तर्गत सल्लिसल्ला खण्डको ७ किलोमिटर चट्टान खण्डको सडक समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी मुख्यमन्त्री शाहीको अनुरोधमा हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्नसमे शर्मा राजी भएको बताइएको छ । यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान, छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग नाग्मा जुम्ला, खुलालु–सल्लिसल्ला सडक खण्ड र विपद् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानबारे चर्चा र प्रशंसासमेत गरेका छन् ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया