लुम्बिनीमा ६ जनाले गरे ओली समूहको केन्द्रीय समिति सदस्य अस्वीकार

बुटवल : नेकपा ओली समूहले केन्द्रीय समिति सदस्य बनाएका कतिपयले राजीनामा दिन थालेका छन् । आफ्नो सहमति नलिइ ओली समूहले केन्द्रीय सदस्य बनाइएको भन्दै लुम्बिनी प्रदेशका केही नेताहरूले पद अस्वीकार गरेका छन् ।
पछिल्लो समय ओली समूहको केन्द्रीय सदस्य परित्याग गर्नेमा रुपन्देहीका जागेश्वरीदेवी चौधरी छन् । उनी तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसमेत हुन् । यस्तै नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै पुराना कम्युनिस्ट नेता वृहस्पति अधिकारी, कपिलवस्तुका सभाषद शान्तिदेवी चमारले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
यस्तै गुल्मी जिल्लावाट केन्द्रीय सदस्यमा परेका कमल श्रेष्ठ, दाङबाट अमरबहादुर डांगीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेको दाहाल–नेपाल पक्षको दाबी छ । तर उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रदेश सांसद भण्डारीले आफूलाई नसोधी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै केन्द्रीय सदस्य पद स्वीकार्य नभएको बताइन् । अर्का नेता अधिकारीले पार्टी वारपारको अवस्थामा पुगेपछिमात्रै निर्णय गर्ने भनेको अवस्थामा आफ्नो सहमति बेगर केन्द्रीय सदस्य बनाइएको बताए । यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि आफ्नो सहमतिविना केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरेकी छन् ।
उपप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग सरसल्लाह तथा पूर्वजानकारीविना केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम राखेर सपथका लागि काठमाडौं आमन्त्रण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_78JIWJzRRM_9bnmrxdyvetv4ngjhrltzg3yu6hgfhin9w8udcyqgye15nvprqajxschsept.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_2N2vQN2d3W_x31omgvstxeqfcw4w6fp0c47gft1d7yfun6amnsqqyioquuyywtt234zaazy.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया