कांग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

काठमाडौँ - नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो ।
काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए। यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।
कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया