राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै बार, प्रधानन्यायाधीशको बर्खास्तीको माग

काठमाडौँ- झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।
बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ । तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।
नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ ।
पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया