बंगलादेशमा डेढ वर्षपछि कोरोनाले पहिलो पटक मृत्यु भएन

बंगलादेश- बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन ।
यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो ।
यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।
अधिकारीहरुले यहाँ ठूलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ । यहाँ शनिबार भन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै संख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया