अब गर्भवती महिलाले पनि खोप पाउने

काठमाडौँ- गर्भवती महिलाले पनि कोभिडविरुद्धको खोप पाउने भएका छन् । सरकारले गर्भवती भएको तीन महिनापछि उक्त खोप उपलब्ध गराउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यस अघि उच्च जोखिमा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप वितरण गरेको थियो । 'महिलाहरूलाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिना पछि दिन सकिन्छ,' स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
परिवार कल्याण महाशाखाकाअनुसार दुई तिहाइ लक्षित जनसंख्यालाई यही पुस मसान्तसम्म खोप लगाउने लक्ष्य राखेको छ । बाँकी लक्षित समूहलाई आगामी चैत मसान्त सम्म खोप लगाउने योजना छ ।
महाशाखाले १८ वर्ष माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय, आफू बसोबास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गरी लगाउनलाई आव्हान गरेको छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया