हुम्ला सदरमुकाम सिमकोटमा सरसफाइ

सिमकोट - हुम्ला सदरमुकाम सिमकोट बजार महिनौं दुर्गन्धित बनेपछि सरसफाइ अभियान थालिएको छ । शनिबारदेखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाइ अभियान सञ्चालन भएको हो । ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।
सिमकोट गाउँपालिकाको कार्यालयदेखि बजारका मुख्य चोकको ढल तथा बजार सरसफाइ गर्ने कार्य गरिएको छ । नेपाल टुरिजम, युएनडिपी, रेडियो नेपालको आयोजना र सिमकोट गाउँपालिकाको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ । हिमाली जिल्ला हुम्ला पर्यटकीय क्षेत्रको एक मुख्य गन्तव्य रहेको र विगतदेखि जिल्लामा पर्यटनको आवागमन तीव्र रहेकाले शनिबारबाट करिब एक महिनासम्म सिमकोट बजारमा सरसफाइ गरिने छ ।
हुम्लामा अधिकांश बेरोजगारी युवा युवतीलाई एक महिनासम्म रोजगार दिने गरी सरसफाइ अभियान थालिएको हो । सरसफाइ कार्यक्रममा सहभागी मजदुरले सिमकोटदेखि नाम्खा गाउँपालिकाको हिल्सा पदमार्गलगायतका सडकहरूमा सरसफाइ गर्दै जाने भएको रेडियो नेपाल हुम्लाका सुपरभाइजर रिञ्जिन लामाले बताए ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया