मोतिपुर औद्योगिक क्षेत्रको विवाद समाधान गर्छु : गृहमन्त्री खाण

बुटवल – गृहमन्त्री बालकृष्ण खाणले रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खाणले यस्तो बताएका हुन् ।
यस क्षेत्रमा देखिएको जग्गा विवाद तत्काल समाधान गरेर औद्योगिक क्षेत्र निर्माणको काम तत्काल अघि बढाउने उनले बताए । ‘यहाँ सबैले बुटवललाई राजधानी बनाउँछौं भनेर नै भोट मागेको हो, हामीले स्थापना पनि गर्यौं तर उहाँहरूले अन्यत्रै लैजानु भयो,’ मन्त्री खाणले भने ।
पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमा आफू रहेको बताउँदै उनीहरूका माग सम्बोधन गरेरमात्रै औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने मन्त्री खाणले बताए ।
‘जनतालाई विस्तापित नगर्ने गरी त्यहाँ औद्योगिक क्षेत्र बन्नेछ, त्यहाँ बसोबास गरिरहेका जनतालाई नहटाइकन औद्योगिक क्षेत्र स्थापनाको व्यवस्था मिलाउनूहोस्,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई उनले निर्देशन दिए । लायन्स आँखा अस्पतालले आँखाकाे स्वास्थ्यमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अस्पताललाई आवश्यक जग्गाको प्रबन्ध गरिदिने मन्त्री खाणले बताए ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया