हस्तकला मेलामा आठ करोडकाे कारोबार

काठमाडौँ - १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रूपैयाँ को कारोबार भएको छ ।
समापन कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले जानकारी गराए । दोस्रो दिन शनिबार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मे परेको शाक्यको भनाइ छ ।
महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्त्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गरिन् । सो अवसरमा १६औं कला प्रतियोगिताका विजेता हरूलाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिता चौधरी प्रथम भएकी छन् भने पुन महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भएकी छन् ।
परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय हुनुभएको छ । प्रथम द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत हरूको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए ।
प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको मेलाको समापन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरे । मेलामा विभिन्न हस्तकला विधाका एकसय २० भन्दा बढी स्टल रहेका थिए ।

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया