बुद्ध एयरले मन्थलीमा अत्याधुनिक जहाजबाट उडान भर्ने
काठमाडौँ- बुद्ध एयरले अत्याधुनिक जहाजमार्फत सेवा दिने भएको छ । पूर्वका मन्थली, पश्चिम पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जमा उडान भर्ने भएको हो ।
विभिन्न क्षेत्रलाई हब बनाएर चार वटा जहाजबाट हवाई उडान भर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । सन् २०२३ देखि उक्त जहाजबाट उडानबाट यात्रुलाई सेवा दिने भएको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर निर्माता कम्पनी भाइकिङ एयर लिमीटेडको बिक्री तथा बजार विभागका वरिष्ठ कार्यकारी उपाध्यक्ष रोव मोराचासँग भेटवार्ता गरेका छन् ।
सन् २०२४ मा दुई वटा जहाज थप्ने योजना रहेको बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । क्रमशः सन् २०२५ देखि २०२६ सम्ममा चार वटा जहाज थप्ने योजना रहेको प्रस्ट पारेको छ ।
बुद्ध एयरको सूचना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

प्रतिक्रिया