क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौँ - बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । समितिको बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको सो कार्यक्रम सम्पन्न गरेकव हो ।
समितिले सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई समावेश गरि कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न गरेको जनाएको छ ।
उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा समितिले गरेको छ ।

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया