जब इन्जुरी समयमा बिग्रेड ब्याइजले विजयी गोल हान्यो...

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार रोचक खेल भयो । ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई इन्जुरी समयमा पराजित गरेर शानदार जित निकाल्यो । बराबरीउन्मुख खेलमा ब्रिगेडका लागि सुरज गुरुङले इन्जुरी समयमा विजयी गोल हानेका हुन् ।
एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका लागि सुरज गुरुङले ९२ औँ मिनेटमा विजयी गोल गर्दा खेलाडीसँगै दर्शक पनि खुशीले उफ्रिएका थिए ।
एपीएफलाई ३–२ गोलले पराजित गरेको खेलमा ब्रिगेडका लागि दिनेश राईले दुई गोल गरे । खेल सुरु भएको १२ औँ मिनेटमै गोल गरेर दिनेशले ब्रिगेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।
एपीएफका लागि आशिष लामाले १७ औँ मिनेटमा गोल गर्दा बिक्की तामाङले ७७ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । दुई–दुई गोलको बराबरीमा रोचक खेल चलिरहेका बेला सुरज गुरुङले ९२ औँ मिनेटमा गोल गर्दै ब्रिगेडलाई जित दिलाएका हुन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया