मुग्लिन पुग्दा तीन धार एक भइसक्छ्न् : ज्ञवाली

काठमाडौँ - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमालेको १०औँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्व चयनमा एकताको महाधिवेशन हुने बताएका छन् । `विचार र नेतृत्व´ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले एमालेमा महाधिवेशनपछि कुनै धार नरहने बताए ।
दशौँ महाधिवेशनमा चितवन पुग्नेबित्तिकै एमाले एक बन्ने उनको भनाइ थियो । अहिले एमालेमा तीन धार रहेको स्वीकार्दै ज्ञवालीले महाधिवेशनपछि एमाले एक भएर बढ्ने बताए । `चितवनमा सेती र त्रिशुली मिलेर एक बनेझैँ रङ छुट्याउनै नसक्ने गरि एमाले पनि चितवन टेक्ने बित्तिकै एक हुनेछ,´ ज्ञवालीले भने ।
पार्टीभित्रका नेताहरूलाई बन्चरो बनाएर एमालेमाथि प्रहार भएको उनको टिप्पणी छ । `दक्षिणपन्थी अवसरवाद एमालेका लागि घातक बन्यो । पद पाए अग्रगमन नत्र प्रतिगमन भन्ने संगठनात्मक अराजकता पनि एमालेको समस्या बन्यो,´ उनले भने ।
चार थान मन्त्रीका लागि पार्टी फुटाएर माधव नेपाललगायतले अराजकता देखाएको उनको आरोप छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार बनाउने एमालेको लक्ष्य रहेको ज्ञवालीले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया