को बन्ला नेकपा दाहाल-नेपाल समूहको महासचिव ?

काठमाडौं : नेकपाका दुवै समूहको केन्द्रीय समिति बैठक आज बस्दैछ । पुष्पकमल दाहाल-माधव नेपाल समूहको बैठक कार्की ब्यांक्वेट बबरमहलमा र प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटार बस्दैछ ।
दाहाल समूहको बैठकले महासचिव टुंगो लगाउने बताइएको छ । आको बैठक विष्णु पौडेललाई हटाएर नयाँ महासचिव टुंगो लगाउने भन्दै शीर्ष नेताहरु छलफलमा जुटेका छन् । महासचिवका लागि जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, वर्षमान पुन, घनश्याम भुसाललगायत नेताहरुको नाम चर्चामा छ । दाहाल र नेपाल अध्यक्ष भएकाले तेस्रो वरियतामा रहेका झलनाथ खनाल समूहका सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी रहेको एक नेताले जानकारी दिए ।
ओली समूहले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो भने ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै दाहाल-माधव समूहले भने अध्यक्ष पदबाट ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया