वकिल र न्यायाधीशको हड्तालविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरूको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ । उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आइतबार आज बिहान ११:३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।
बार एसोसिएसन र सर्वोच्च अदालतमा भएको बेन्च बहिस्कार तथा बेथितिविरुद्ध माइतीघर मण्डलामा भेला भई सर्वोच्च अदालत घेराउ गर्ने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ । यता प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ ।
प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालोपट्टी बाँधी विरोध तथा धर्ना कार्यक्रम विहान १० बजेदेखि सुरु हुनेछ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया