'अदालतको सेटिङमा देउवा प्रधानमन्त्री बने'
'दाहाल र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेन्ट'

बुटवल- नेकपा एमाले नेता खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा अदालतको सेटिङमा प्रधानमन्त्री बनेको जिकिर गरेका छन् । शनिबार नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अधिकारीले यस्तो बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने अधिकारीको भनाइ छ । प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश हटेरमात्र समस्या समाधान नहुने तर्क गरेका छन् ।
‘अहिले सर्वोच्चको विवादले संसद् विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छ,’ उनले भने, ‘सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ ।’ राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसला गर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको बताउँदै उनले तक्मा लिनु भनेको घूस लिएसरह भएकाले ती सबैले राजीनामा दिनुपर्ने बताए ।
पूर्वगृहमन्त्रीसमेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । ‘अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगिकनै सरुवा गर्ने र स्वास्थ्य संस्थालाई कमजोर पार्ने काम भएको छ,’ उनले भने ।
अधिकारीले नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेन्ट भएको आरोप लगाए । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा दाहाल र माधव नेपालहरू लागेको र यसको फाइदा दक्षिणपन्थीले लिएको भन्दै अधिकारीले एमाले चुनावबाट एमाले फेरि सत्तामा फर्कने दाबी गरे । मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाइँलाई केपी ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरूप कम्युनिस्ट पार्टी सत्तामा पुग्न सफल भएको उनको भनाइ छ ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया