धनकुटामा एभोकाडो महोत्सव सुरु

धनकुटा – धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ । धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो ।
धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडो खेती गरिरहेका छन् ।
महोत्सवमा नगरक्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र कृषिजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकलाई प्रोत्साहन स्वरुप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका छन् ।

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया