इतिहास सम्झाउन नोकियाले पुनः उतार्यो ६३१०

काठमाडौँ- नोकियाले आफ्नो निकै लोकप्रिय रहेको ‘नोकिया ६३१०’ नयाँ विशेषतासहित पुनः बजारमा उतारेको छ। नोकियाले यस फोनमा पुराना केही विशेषता राख्दै केही भने परिवर्तन गरेको छ । यद्यपि सन् २००१ मा सार्वजनिक नोकियाको वास्तविक क्यान्डी बार डिजाइन कायम राखिएको छ ।
नोकिया ६३१० ले पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुरानो विशेषतालाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ । यो फोन एकपटक फुल चार्ज गरेपछि हप्ता दिनसम्म टिक्ने कम्पनीको दाबी छ । गाढा हरियो र पहेँलो रंगमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा रु ६,२९९ रहेको छ।
यसमा २.८ इन्चको डिस्प्ले राखिएको छ । फोनमा यूएनआईएसओसी ६५३१ एफ प्रोसेसर, ८ एमबी र्याम तथा १६ एमबी इनब्युल्ट स्टोरेज राखिएको छ ।
सिरिज ३० प्लस (एस ३० प्लस) अपरेटिङ सिस्टममा रन हुने यो फोनमा आइकन पहिलेभन्दा ठूला आकारका छन् । जसले गर्दा पढ्न र प्रयोग गर्न अझ सहज लाग्छ । पढ्ने र प्रयोग गर्ने सहजताका लागि मेनु जुम गर्ने सुविधा पनि यसमा छ ।
फोनमा एक्सेसिबिलिटी मोड पनि दिइएको छ, जसले मेनुलाई अझ साधारण बनाउँछ । नोकिया ६३१० मा ०.३ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ । जसमा एलईडी फ्ल्याश समेत दिइएको छ ।
माइक्रो एसडी स्लट समेत राखिएको यो फोनमा ३२ जीबीसम्मको मेमोरी कार्ड राख्न मिल्छ । साथै फोनमा ब्लुटुथ ५.०, वाई-फाई, डुअल सिम सपोर्ट र एफएम रेडियो जस्ता फिचर समेत छन् । फोनमा ११५० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।
पुरानो फोनको स्पिकर डिजाइनलाई नयाँ स्वरुप दिइएको छ । जुन पुरानो फोनको तुलनामा ठूलो छ । नयाँ आएको फोनमा पछाडि भागमा क्यामेरा समेत थपिएको छ ।
नोकिया ६३१० मा ठूला पुश बटनहरू र एम्पल डिस्प्लेका कारण म्यासेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा मनपर्ने एप्लिकेसनहरू सजिलै फेला पार्न सकिने कम्पनीले जनाएको छ ।
पुरानो फोनहरूमा जस्तै यसमा पनि न्युज च्यानलहरू, खेलकुद समाचार वा संगीत सुन्नका लागि रेडियोसँगै पहिलेको स्नेक गेम पनि उपलब्ध छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_fJ1f0q6R7j_bz2r3kq1p0ln8c28chp1hksxsepawq6c9qxnlfe4waoppochsamcwphyrvya.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया