केही घट्यो तरकारीको मूल्य

काठमाडौँ- बजारमा दैनिक भान्छामा प्रयोग हुने तरकारीको मूल्य केही घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारले सार्वजनिक गरेकाे मूल्य अनुसार तरकारीको मूल्य घटेको देखिएको हो । तरकारीको मूल्य घटेसँगै उपभोक्ताले थाेरै राहत महसुस गरेका छन् । बजारमा तरकारी पर्याप्त उपलब्ध हुन थालेसँगै मूल्यमा कमी आएको हो । माैसमी तरकारी ढुवानीमा अवरोध भएको बाटो सञ्चालनमा आएपछि तरकारी बजारमा आउन थालेसँगै मूल्यमा केही कमी आएको व्यापारीहरू बताउँछन् ।
दैनिक भान्सामा प्रयोग हुने आलुको मूल्य गत महिनाको तुलना घेटेको देखिन्छ । गत महिना न्यूनतम ७० रुपैयाँ प्रतिकिलाेमा कारोबार भएको रातो आलु कालीमाटी तरकारी बजारले आज सार्वजनिक गरेको थोक मूल्य न्यूनतम ६० रुपैयाँमा कारोबार भैरहेको छ । यस साता करिब न्यूनतम २० रुपैयाँ प्रतिकिलाेमा कारोबार भएको बन्दा गत महिना न्यूनतम २५ रुपैयाँमा कारोबार भएको देखिन्छ । त्यस्तै स्थानीय काउलीको मूल्यमा पनि केही कमी आएको देखिन्छ । हाल न्यूनतम थोक मूल्य ६० रुपैयाँ प्रतिकिलाेमा कारोबार भएको स्थानीय काउलीको गत महिना न्यूनतम ७० रुपैयाँ प्रतिकिलाेमा थोक कारोबार भएको देखिन्छ ।
कालीमाटी तरकारी बजारले सार्वजनिक गर्ने दैनिक तरकारीको थोक मूल्य गत कार्तिक ४ गतेको तुलनामा ६० रूपैयाँ प्रतिकिलाे रहेको सानो गोलभेडाको न्यूनतम मूल्य हाल १ सय १० रुपैयाँले बढेको पाइएको छ । त्यस्तै भारतीय गोलभेडाको मूल्यमा पनि ६० रुपैयाँ प्रतिकिलाे रहेको मूल्य हाल १०० रुपैयाँ प्रतिकिलाे पुगेको छ । चाडपर्वको समयमा छोइनसक्नु भएको भारतीय प्याजको मूल्यमा पनि केही कमी आएको देखिन्छ । हाल भारतीय प्याजको न्यूनतम थोक मूल्य ५० रुपैयाँ प्रतिकिलाेमा मा झरेको छ ।
यता गोलभेडाको भाऊ भने केही बढेको देखिन्छ । गत महिना ७० देखि ८०रुपैयाँ प्रतिकिलाेमा मा थोक मूल्यमा कारोबार भएको रातो ठूलो गोलभेडाको मूल्य भने १ सय १० देखि १ सय २० रुपैयाँ प्रतिकिलाेमासम्म कारोबार भएको देखिन्छ । कालीमाटीमा अधिकांस तरकारी तथा फलफुल काठमाडौँ नजिकका जिल्ला, तराई तथा भारतबाट आउने गरेको पाइन्छ ।
हाल तरकारी आयत बढेको तथा सिजन अनुसारको तरकारी उत्पादन भएकाले तरकारीको मूल्य केही घटेको कालीमाटीमा तरकारी व्यापार गर्दै आएका सानुभाइ पौडेल बताउँछन् । हाल बाटो सुधार आएको तथा काठमाडौँ नजिकका जिल्ला लगायत भारतीय बजारबाट समेत तरकारी पर्याप्त आउन थालेको कारण पनि भाऊ तल गएको पौडेल बताउँछन् । आफूले १४ वर्षदेखि कालीमाटीमा तरकारी व्यापार गर्दे आएको बताउँने पौडेल वर्षायाममा प्राय बाटोकै कारण तरकारीमा अभाव हुने गरेको बताउँछन् ।
नेपालको तरकारी बजारलाई प्रत्यक्ष रूपमा भारतीय तरकारी आयतले बसर पार्ने व्यापारीहरू बताउँछन् । अधिकांस तरकारी भारतीय क्षेत्रबाट आउने हुँदा बजार उतराचढावमा भारतीय तरकारीको आयतले निर्धारण गर्ने व्यापारीहरूको भनाई छ । नेपाल उत्पादन हुने तरकारीले काठमाडौँ माग धान्न नसक्ने हुँदा भारतीय क्षेत्रबाट तरकारी आयत हुने गरेको छ । गत महिना बाटो बन्द लगायतका विविधकारणले पनि तरकारीको मूल्य बढेको बताउँछन् ।
कालीमाटीमा आलुको व्यापार गर्दै आएकी जमुना श्रेष्ठ हालमा उत्पादन बढेसँगै आलुको मूल्य घटेको बताइन । भारत तथा नेपालमा पनि हाल आल उत्पादन बढ्न थालेसँगै यसको मूल्यमा कमी आएको श्रेष्ठ बताउँछिन् । हाल कालीमाटीमा मकाउनपुर, दोलखा लगायतका क्षेत्रबाट समेत पर्याप्त आलु बजारमा आएको श्रेष्ठ बताउँछिन् ।
कालीमाटी तरकारी तथा फलफुल बजारका सुचना अधिकृत विनय श्रेष्ठ तरकारी आयात सहज भएका कारणले मूल्यमा कमी आएको आताउँछन् । हाल तरकारी आयतमा कुनै समस्या छैन् त्यसैले पनि मूल्यमा केही गिरावट आएको बताउँछन् । माैसम (सिजन) अनुसारको तरकारी बजारमा आउन थालेको र यसले गर्दा बजार भाऊ अझै केही तल जान सक्ने श्रेष्ठ बताउँछन् ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया