एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो
काठमाडौँ - नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उडाएका हुन् ।
बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अंकित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।
आजै युवा संघ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल र्याली गरेको छ । संघका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको र्याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए ।
महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया