पौडेल पक्षको आरोप– गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो

बुटवल- मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।
उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाणका भाइ कांग्रेस रुपन्देहीका सचिव समेत रहेको रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको सूचना पाएको बताए । तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले कांग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण गरेको बताउँदै उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर चुनाव आफ्नो पक्षमा पार्ने कोसिस गरिएको बताए ।
राति मतगणना चलिरहँदा देउवा पक्षका कार्यकर्ता पुगेर जेनेरेटर बन्द गरी आक्रमण थालेका थिए । आक्रमणमा प्रदेश निर्वाचन क्षेत्रका सचिव पदका उम्मेवार पन्तसहित पाँच जना कार्यकर्ता घाइते भएका छन् । गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चार जनाको भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ । निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।
र कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै मतगणना स्थलमा नभई बाहिर झडप भएको र यो विषयलाई गृहमन्त्रीसँग जोड्न आवश्यक नरहेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया