बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

सल्यानमा पौडेल समूहका चन्द र अधिकारी विजयी

सुर्खेत- कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा  सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । सल्यानको प्रदेश क्षेत्र नम्बर (क) मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् । 

चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले तीन सय १३ र अधिकारीले तीन सय १२ मत ल्याएका थिए ।