एमाले सुनसरीबाट चुनिए ४२ महाधिवेशन प्रतिनिधि

सुनसरी - नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकांक्षी पछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि विवादबीच प्रतिनिधि चयन गरिएको हो ।
चितवनमा हुने पार्टीको १०औँ केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्नेछन् । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार सुनसरी क्षेत्र नम्बर १ बाट खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरी ९ जना प्रतिनिधि चयन भएका छन् ।
खुल्लातर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट भएका छन् । यस्तै, महिलातर्फ वीणा खनाल, रुफिना गुरुङ (राईं र लहरु माया जिमी पनि प्रतिनिधि छनौट भएका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा चयन भएका छन् । खुलामा खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्धारिकलाल चौधरी छन् । महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहेका छन् ।
यसैगरी, क्षेत्र नम्बर ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्गनारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन भएकी छन् । यता, दलिततर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती, पार्वता बराइली र लालबहादुर सेन्चुरी चयन भएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया