तातोपानी नाकामा ट्रान्सपोर्ट कम्पनीबीच विवाद
काठमाडौं - तातोपानी नाका हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको छ । सामान आयात गर्ने विषयमा ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको हो । सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान आयात गर्ने गरेका छन् । नमस्ते ट्रान्सपोटले आयातका लागि जति माग आउँछ त्यतिमात्रै गाडी पठाउँदै आएको छ । तर, सिल्क ट्रान्सपोर्टले क्युमा गाडी राखेर सामान आयात गर्ने भनेपछि विवाद भएको हो । सिल्क ट्रान्सपोर्ट केही वर्षदेखि एकलौटी सामान आयात गर्दै आएको ट्रान्सपोर्टले हो । अरु दुई कम्पनीले केही महिनामात्रै अनुमति पाएका हुन् ।
चीनमा गाडी त्यतिकै बस्दा दिनको २ हजार आरएमबी ( नेपाली लगभग ४० रुपैयाँ) अजार तिर्नुपर्ने हुँदा मागअनुसार मात्रै गाडी पठाउन आफूले भनेको नमस्ते ट्रान्सपोटका संचालक दानर्बु शेर्पाले बताए । 'ज-जसको सामान छ, जसले जुन ट्रान्सपोर्टको गाडी माग गर्छ त्यही पठाउँ भन्ने हो,' उनले भने, 'तर सिल्क ट्रान्सपोर्टका सञ्चालकहरू मान्नुहुन्न ।'
बिहीबार भनेअनुसार नभएपछि नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले केही घण्टा नाका बन्दसमेत गराएका थिए । नाका नै बन्द गरेपछि तातोपानी भन्सारको रोहवरमा, नाकाका सशस्त्र प्रहरी, भन्सार प्रतिनिधि, सिल्क प्रतिनिधि, नमस्ते र रिवान्जे ट्रान्सपोर्टका प्रतिनिधिहरूबीच बिहीबार वार्ता भएको थियो । तर, कुनै सहमति हुन सकेन । वार्ता निष्कर्षविहीन भयो ।
सिल्क ट्रान्सपोर्टका कल्यान सिलवालले 'जे सक्छस् गर, हामी तिमीहरूले भनेको मान्दैनौं' भनेर धम्की दिएको नमस्तेका सञ्चालक शेर्पाले बताए । उनले आफूहरूको चाहना खुल्ला प्रतिस्पर्धाबाट सामान आयात होस् भन्ने मात्रै रहेको बताए ।
यता, सिल्क ट्रान्सपोर्टका कल्यान सिलवालले भने सुरुमा विवादबारे आफूलाई थाहा नभएको बताए । केही बेरपछि मात्रै उनले नयाँहरूले अलिअलि गर्छन् भन्दै ठाडो जवाफ दिए । उनले भने, 'सिन्धुपाल्चोकको पानी नै त्यस्तो हो जुन खाएपछि विवाद नगरी हुँदैन ।'
व्यवसायीहरूले भने ट्रान्सपोर्टको विवादले सामान आयात रोकिन नहुने बताए । बिहीबार भएको बन्दले नाका नै केही समय ठप्प भएको र यस्तो गर्नाले अन्तत व्यवसायीलाई नै घाटा हुने भन्दै एक व्यापारीले आक्रोश पोखे । ट्रान्सपोर्टको विवादले सामान आयात रोकिने नहुने ती व्यवसायीको भनाइ छ । सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ वटा, नमस्ते ग्लोबल लजिष्टिकको ३२ वटा र रिवान्जे ट्रान्सपोर्टको १२ वटा कन्टेनर छन् ।
यता, भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले दुई ट्रान्सपोर्टबीच विवाद भएको स्वीकार गरे । हामीले भन्ने केही छैन् । उहाँहरूबीचको विवादमा भन्सारले सहजीकरण गर्दियोस् भनेपछि हामीले सँगैं बसेर छलफल गरेका हौं,' उनले भने, 'तर निष्कर्ष निस्किएन । आफ्ना गाडी कसले बढी छिराउने भन्ने विषयमा विवाद भएको उनले बताए । उनीहरूको विवादले नाकामा समस्या आउने भएकाले भन्सारले समन्वय गरेको ढकालको भनाइ छ । नमस्ते ग्लोबल लजिष्टिकका संचालक शेर्पाले भन्सार अधिकृत आउन्जेल आफ्ना विरोधका कार्यक्रम थाती राखेको बताए ।

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

प्रतिक्रिया