प्रधानन्यायाधीशलाई बारको जवाफ : वार्ता होइन, बहिगर्मन

काठमाडौँ - वार्ताका लागि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आह्वान गर्दै पठाएको पत्रको जवाफमा नेपाल बार एशोसिएसनले पहिला सर्वोच्च अदालतबाट बहिर्गमन हुनुपर्ने जवाफ दिएको छ । शुक्रबार प्रधान्यायाधीश राणाले वार्ताका लागि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएका थिए ।
शुक्रबार बार र सर्वोच्च बारका पदाधिकारी तथा सल्लाहकार समिति बैठक बसिरहेका बेला प्रधानन्यायाधीश राणाले पत्र पठाएका थिए । बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले पठाएको पत्र पढेर बैठकमा सुनाएका थिए ।
प्रधानन्यायाधीश राणाको पत्र पाएपछि दिउँसो १ बजेदेखि राती ९ बजेसम्म बसेको बैठकले थप आन्दोलनका कार्यक्रम अगाढि बढाउने निर्णय गरेको हो । तर राणाको सर्वोच्चबाट बहिर्गमन नभएसम्म वार्तामा नबस्ने अडान पनि बारले लिएको छ ।
बैठक सकिएपछि बारका महासचिव लीलामणि पौडेलले इकागजसँग भने, ‘राजीनामा माग गरिसकेका बेला वार्ताको कुनै ओचित्य छैन । पहिला उहाँको बहिगर्मन हो । बहिर्गमन हुने पक्का भएपछि न्यायालय सुधारका लागि वार्ता हुन सक्छ । अन्यथा वार्ता हुँदैन ।’
महासचिव पौडेलले प्रधान्यायाधीश राणाले ‘राजीनामा दिन्छु’ भनेमा वार्ता हुन सक्ने औल्याए । तर वार्ताका नाममा आफूहरुलाई अलमल्याउने प्रस्ताव स्वीकार्य नभएको उनले बताए । यसअघि गएको हप्ता पनि प्रधानन्यायाधीश राणाले वार्ताका लागि आह्वान गरेका थिए । सो प्रस्ताव पनि बारले अस्वीकार गरेको थियो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया