घरेलु लिगमा फर्कियाे फुटबलको रौनक

काठमाडौँ - नेपालमा फेरि फुटबलको रौनक सुरु भएको छ । कोभिड १९ महामारीले थलिएको फुटबल नेपालमा लामो समयपछि फर्किएको हो । फुटबलका केही खेल भएपनि घरेलु लिग भने खासै सुरु हुन सकेका थिएनन् ।
शुक्रबारदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेले । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो तुलनात्मक रुपमा बलियो देखिए पनि गोल गर्न भने सकेन ।
बराबरीसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् । लिगमा शनिबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ । दोस्रो खेलमा भने थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
गोल हुन नसकेपनि फुटबलमा रमाएका खेलाडी भने खुशी देखिएका थिए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_oJAZuoCouk_kpwfubbsnueyckvgxagdw2zezqes2tmf6mazykhy8wk5ssguglvadjreaabe.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया