सेवाग्राहीसँग नम्र व्यवहार गर्ने कर्मचारी पुरस्कृत

उदयपुर - करदाता सेवा कार्यालय गाईघाटमा कार्यरत रेखबहादुर मगर पुरस्कृत भएका छन् । उत्कृष्ट कार्य सम्पादन गरेका उनलाई १० औं राष्ट्रिय कर दिवस ०७८ को अवसरमा पुरस्कृत गरिएको हो ।
कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय लहानमा आयोजित कार्यक्रममा मगरलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट कार्यसम्पादन साथै सेवाग्राहीमैत्री व्यवहार र नम्र बोली भएकाले उनलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । उक्त अवसरमा उदयपुर जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने नवीन निरौला पनि पुरस्कृत भएका छन् । १० औं राष्ट्रिय कर दिवस ०७८ सप्ताह कार्यक्रम जारी छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

प्रतिक्रिया