अमेरिकन चेम्बर अफ कमर्स नेपालकाे घोषणा
काठमाडौँ - नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले विभिन्न व्यापारिक अगुवासँग भेटघाट गरेका छन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने विदेशमन्त्री लु र उप-सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालकै पहिलो अमेरिकन चेम्बर अफ कमर्सको सुरुआतको घोषणाका लागि नेपालमा अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट शुक्रबार भेटघाट गरेका हुन् ।
विश्वभर रहेका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुन्। अमेरिकी चेम्बर अफ कमर्स एक स्वैच्छिक, मुनाफारहित संस्था हो जसले संयुक्त राज्य अमेरिकाका कम्पनी र उत्पादनको प्रवर्द्धनमार्फत आर्थिक विकासमा योगदान गर्ने गर्छ । अमेरिकन चेम्बर अफ कमर्स नेपालका १३ प्रारम्भिक संस्थापक सदस्यहरू छन् ।
चेम्बर अफ नेपालका प्रारम्भिक संस्थापक सदस्यमा अजित शाह (लोटस होल्डिङ्स), निर्मल श्रेष्ठ (मेटलाइफ), अतुल्य रिसाल (कम्प्लाएन्स क्वेस्ट), कैलाश बियानन्द (लिपफ्रग टेक्नोलोजी), आकाश गोल्छा (फोर्ड वितरक), राज शाह (बडवाइजर वितरक), जयदिन श्रेष्ठ (हायात), मङ्गेश श्रेष्ठ (फ्रस्ट एन्ड सुलिभान), ओस्कर बतास (क्याटरपिल्लर वितरक), असीम सिंह (पठाओ राइड शेयरिङ), सञ्जय गोल्छा (डेल वितरक), साकार पुडासैनी (कारखाना), सेमन्त दाहाल (कानुनी सल्लाहकार) रहेका छन् ।
संस्थापक सदस्यहरूले ह्यात रिजेन्सीमा भएको नयाँ एमच्याम सम्बन्धी कार्यक्रममा आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान–प्रदान गरेका थिए ।
सहायक विदेशमन्त्री लुले गरिबी घटाउन तथा भ्रष्टाचार विरूद्ध लड्न निजी कम्पनीहरूको भूमिका हुने भन्दै एमच्याम नेपालले आफ्नो मुख्य कार्यको रूपमा यी दुवै विषयलाई पनि सामेल गर्ने आशा व्यक्त गरे ।
यस्तै उप–सहायक विदेशमन्त्री किडरलिङले पिछडिएका तथा महिला लगायतलाई औपचारिक अर्थतन्त्रमा सामेल गर्ने मंचको रूपमा एमच्यामको उपयोग गर्न प्रोत्साहित गर्दै संस्थापक सदस्यहरूसँग व्यवसायको वातावरणबारे उत्सुकतापूर्वक रहेको जानकारी दिए ।
उक्त अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्नको लागि प्रोत्साहित गर्न चाहेको बारेमा बताएका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया