एमाले लुम्बिनी प्रदेशले महाधिवेशनमा ७५ हजार कार्यकर्ता उतार्ने
बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १० औं राष्ट्रिय महाधिवेशनमा ७५ हजार कार्यकर्ता सहभागी गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।
लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देही जिल्लाले २२ हजार कार्यकर्ता सहभागी गराउने भएको छ । नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५, १५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन, तीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक, एक हजार तथा रुकुम (पूर्व) र रोल्पाबाट ५ सयका दरले सहभागिता गराइने एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले जानकारी दिए ।
एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशस्तरमा महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । यसका लागि राजमार्गमा डिजिटल विज्ञापन बोर्ड, वडास्तर र पालिकास्तरमा स्वागत गेट निर्माण गरिनेछ । प्रचारका लागि भित्ते लेखन र कुनै पोष्टर भने नटाँसिने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २ सय ८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया