गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।
भेटमा कोभिड-१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोगलगायत विषयमा छलफल भएको छ । भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए । नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि भेटमा छलफल भएको छ ।
भेटमा गृहमन्त्री खाणले कोभिडविरुद्ध नेपालको लडाइँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका छन् । मन्त्री खाणले अमेरिकी सरकारले कोभिडपश्चात नेपालको अर्थतन्त्रको पुनः उत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । उनी दुईदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आएका थिए ।

रास्वपाको प्रश्न : सरकार गठनको १० महिना भइसक्यो जिबी राईलाई पक्राउ गरेर कहिले…
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी

स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

रेशम चौधरी पक्राउबारे जानकारी दिन संसद्मा माग

नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाईयो: प्रचण्ड

नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

प्रतिनिधिसभा बैठकः आजवाट नीति तथा कार्यक्रममा छलफल सुरू

प्रतिक्रिया