शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

मकवानपुर १ (क) को सभापतिमा शुसान्तकुमार श्रेष्ठ निर्विरोध

मकवानपुर- दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा शुक्रबार नेपाली कांग्रेसको अधिवेशन भइरहेको छ । 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिसहितका विभिन्न पदमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिमा शुसान्तकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर नेसुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली, सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध चयन भएका छन् । अन्य निर्विरोध निर्वाचित हुनेहरूमा सदस्य खुला महिलातर्फ जानुका ठकुरी, समीक्षा विश्वकर्मा र छायाँ अधिकारी, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रीन, दलिततर्फ अनिल विक छन् । 

अन्य खुला सात सदस्यका लागि १३ जनाको उम्मेद्‍वारी परेकाले निर्वाचन भइरहेको कांग्रेस मकवानपुरले जनाएको छ  ।