सुर्खेतका नौ पालिकामा संस्थापन पक्षको वर्चस्व

सुर्खेत- नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत सुर्खेतका पालिकाहरूमा पार्टीको संस्थापन पक्षको वर्चस्व देखिएको छ । जिल्लाका नौ वटा पालिकामध्ये आठवटा पालिकामा भएको अधिवेशनमा संस्थापन पक्षले जितेको छ ।
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा शेरबहादुर देउवा समूहबाट नेतृत्व चयन भएको छ भने चौकुने गाउँपालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नेतृत्व चयन भएको छ ।
वीरेन्द्रनगरमा उपेन्द्र खड्का, भेरीगंगामा रामबहादुर सिंह, गुर्भाकोटमा हस्त पुन, लेकवेशीमा उमेश पौडेल, सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद पौडेल, बराहताल गाउँपालिकामा भीम भण्डारी र पञ्चपुरी नगरपालिकामा कृपाराम थापा सभापति भएका छन् । त्यसैगरी चौकुने गाउँपालिकाको सभापतिमा भने पौडेल समूहका नरबहादुर बान्तोला सभापतिमा निर्वाचित भएका छन् ।
सुर्खेतमा बुधबारदेखि पालिका अधिवेशन सुरू भएको थियो । देउवानिकट नेता, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा उनी पक्षले ९ पालिकामध्ये ८ पालिका जितेको छ । अधिकांश पालिकामा देउवा समूहको प्यानल नै निर्वाचित भएको छ । वडा अधिवेशनमा पनि सुर्खेतका ९९ वडामध्ये अधिकांशमा देउवा पक्ष हाबी देखिएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया