नेपालगञ्ज उपमहानगरमा संस्थापन पक्षका विष्ट विजयी

बुटवल- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेपालगञ्ज उपमहानगरमा चर्चामा रहेकी नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापालाई भारी मतले हराउँदै नगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन् ।
नगर समितिका लागि भएको निर्वाचनमा थापाले प्राप्त गरेको ७६ मतविरुद्ध विष्टले २४३ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।
नेपालगञ्जमा देउवा र पौडेल पक्षबाट छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी परेकोमा देउवा पक्षको प्यानल नै विजयी भएको छ । उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उपमेयर थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेका थिए ।
नेपालगञ्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो । उक्त निर्वाचनमा संस्थापन पक्ष (देउवा पक्ष)ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडी बढाएको थियो, भने संस्थापन पक्षकै रिजालले पनि आफ्नो प्यानल खडा गरेका थिए । संस्थापन इतर पक्षबाट थापाले आफ्नो प्यानल बनाएकी थिइन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया