सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

राजनीतिक संकटले चिन्तामा निजी क्षेत्र

काठमाडौं : नेकपा विवादले राजनीतिक अस्थिरता निम्त्याएकोमा निजी क्षेत्रका प्रतिनिधी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । कोभिड–१९ले आक्रान्त अर्थतन्त्र तङ्ग्रिन नपाउँदै राजनीतिक समस्याले झनै असर पार्ने भन्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ति जारी गरेको हो ।

‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई को गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्र जहिले पनि राजनीतिक सि्थरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक सि्थरताका लागि वारम्वार सुझाव दिंदै आएको वास्तविकता हामी सबैका सामुन्ने जगजाहेर छ । राजनीतिक सि्थरताबाट मात्र नीतिगत सि्थरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुँदैन ।’ 

विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उबि्जएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने असि्थरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ ।

राजनीतिक सि्थरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिसि्थतिमा सिर्जित घटनाक्रमले थप जटिलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिनि्तत भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा हाम्रो चिन्ता छ ।’

निजी क्षेत्रले संयुक्त रुपमा आजको यस विषम् परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।