भारत लैजाँदै गरेको १८० केजी गाँजा बरामद

सुनसरी - नेपालबाट भारततर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ । सुनसरी देवानगञ्ज ४ नेपाल–भारत सीमानामा ट्याक्टरको टलीभित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको हो ।
गाँजासहित स्थानीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) सञ्जय सिंह थापाले जानकारी दिए । उनका साथबाट एक थान मोटरसाइकल र ट्याक्टर बरामद गरिएको उनले बताए । नेपाली बजारमा प्रतिकेजी १३ हजारमाथि खरिद बिक्री हुने गाँजा भारतमा प्रतिकेजी २५ हजारमाथिमा बिक्री हुने संलग्नहरू बताउँछन् ।

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया