जनकपुरमा प्रधानमन्त्री र राष्ट्रपतिविरुध्द प्रदर्शन

जनकपुरधाम : करीब ३ वर्षपछि तराईमा जिल्लाहरूमा जय मधेशको नारा गुञ्जिएको छ । पछिल्लो निर्वाचन पश्चात मधेशमा जय मधेशको नारा सुनिएको थिएन । तर प्रतिनिधि सभा विघटनपछि नयाँ निर्वाचनको मिति तोकिएपछि जनकपुरधामसहित प्रदेशमा जय मधेशको नारा सुनिन थालेको हो ।
बुधवार संसद विघटनको विरुध्दमा जनकपुरधाममा प्रधानमन्त्री र राष्ट्रपतिविरुध्द गरिएको विरोध प्रदर्शनमा जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा सुनिए । मधेश केन्द्रित जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले यस्तो नारा लगाएका हुन् ।
मधेश आन्दोलनबाट स्थापित तात्कालीन मधेश केन्द्रित दलहरूले राष्ट्रिय शक्ति बन्ने होडमा पार्टीका नामबाटसमेत मधेश शब्द हटाइसकेका छन् । मधेश आन्दोलनको क्रममा गठित मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी लगायतकाहरू विलिन भई जसपा निर्माण गरिएको छ ।
जसपाले विधानबाट समेत मधेश शब्दलाई हटाइसकेको छ, तर संसद विघटनपछि पुनः निर्वाचन आउन लाग्दा जनकपुरसहित तराई मधेशका जिल्लाहरूमा यस्ता नारा सुनिन थालेका हुन् ।
विरोध प्रदर्शन
प्रतिनिधि सभा विघटनविरुध्द पूर्वनिर्धारित कार्यक्रमअनुसार जनकपुरधाममा जनता समाजवादी पार्टीद्वारा गरिएको विरोध प्रदर्शनमा गुञ्जिएका यी नारालाई आम जनताले चुनावी नाराको संज्ञा दिएका छन् । जनकपुरधाममा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जसपाले र्यालीसहितको विरोध प्रदर्शन गरेको हो ।
जनकपुरधामको जनक चौकबाट नेता कार्यकर्ताहरूको सहभागितामा निस्केको र्याली नगर परिक्रमा गर्दै पुनः जनक चौकमै पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा जसपाका विभिन्न भातृ संघ संगठनका प्रतिनिधि, जिल्ला तथा प्रदेश स्तरका नेता र प्रदेश सभा तथा स्थानीय तह जनप्रतिनिधिहरूको सहभागिता थियो ।
र्यालीमा सहभागी नेता कार्यकर्ताहरूले प्रधामन्त्री ओली मुर्दावाद, राष्ट्रपति मुर्दावाद, संसद विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारेज गर र प्रम ओलीको निरकुंशताविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट होऔं लगायतका नारा लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेताहरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीकोे गैरसंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरूले प्रतिवाद गर्नुपर्ने बताएका थिए ।
उनीहरूले संविधान विपरीत प्रतिनिधि सभा विघटन गराएर प्रम ओलीले जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेकाले आरोपसमेत लगाए । यसविरुद्ध लोकतन्त्रिक शक्ति एकजुट भएर लाग्नुपर्ने उनीहरूको आग्रह थियो ।

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

प्रतिक्रिया