बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

ग्रामीण परियोजनमा विश्व बैंकको ९ अर्ब ५२ करोड सहयोग

काठमाडौँ- विश्व बैंकले नेपाल सरकारलाई करिव ९ अर्ब ५२ करोड सहयोग गरेको छ । बैंकले ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजनाको लागि सो रकम सहयोग गरेको हो ।  यसको आज एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्वोसले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

यस परियोजनाले कोभिड-१९ पछिको रोजगारी सिर्जना गर्दै ग्रामीण बजार सम्बन्धलाई सुदृढ गर्ने तथा उद्यमशीलता प्रवर्द्धन गरी नेपालको कृषि क्षेत्रलाई बढावा दिने लक्ष्य राखेको विश्‍व बै‌कले आज जारी गरेकाे विज्ञप्तिमा छ। यस परियोजनालाई विश्व बैंकबाट प्राप्त करिव ९ अर्व ५२ करोड ऋणको सहयोगले आगामी ४ वर्षमा कृषि लगायतका क्षेत्रलाई लाभ मिल्नेछ ।

नेपालको कृषि क्षेत्रको रूपान्तरण र कोभिड-१९ ले साना किसान, किसान समूह र सहकारीको उत्पादनको बजार सम्पर्क सुनिश्चित गर्नु महामारीको प्रभावबाट क्षेत्र र अर्थतन्त्रको पुनरुत्थानलाई तीव्रता दिन महत्वपूर्ण रहको कृषिमन्त्री यादबले बताए ।

ग्रामीण उद्यमीहरूका लागि दिगो सम्बन्ध बढाउनका लागि प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेट्ने पाँचवटा आर्थिक करिडोर अन्तर्गत चुनिएका नगरपालिकाहरूमा यस परियोजना कार्यान्वयन  गरिनेछ  । यो परियोजना सरकारको कृषि विकास रणनीतिसँग मिल्दोजुल्दो छ, र यसले प्रादेशिक र स्थानीय सरकारहरू, मध्यस्थ संस्थाहरू, र साना र मझौला उद्यमहरू, विशेष गरी महिलाहरूको नेतृत्वमा कृषि क्षेत्र र उद्यमशीलता इकोसिस्टमलाई सुदृढ पार्न काम गर्नेछ।