उकालो लाग्यो अलैंचीको मूल्य
झापा- लामो समयदेखि घट्दै आएको अलैंचीको मूल्यमा पछिल्लो समय सुधार आएको छ । गतवर्ष प्रतिमन २४ हजार रूपैयाँसम्म कारोबार भएको अलैंची यस पटक भने झण्डै दोब्बर मूल्यमा कारोबार भइरहेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।
कुनै बेला प्रतिमन एक लाख २० हजारसम्ममा अलैंची कारोबार भएको थियो । त्यही समयमा ‘कालो सुन’ उपनाम पाएको अलैंचीको मूल्य निरन्तर घटेर २२ हजार रूपैयाँसम्म आएको थियो । तर, यसवर्ष क्रमशः अलैंचीको मूल्य बढिरहेको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
बिहीबार झापाको बिर्तामोडमा चलनचल्तीको अलैंची प्रतिमन ४४ हजार रूपैयाँ र राम्रो दाना भएको अलैंची ४६ हजार रूपैयाँसम्ममा कारोबार भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । केही हप्ताअघि चलनचल्तीको प्रतिमन ४६ हजार रूपैयाँ र राम्रो दाना भएको अलैंची ४८ हजार रूपैयाँसम्म बिक्री भएको महासंघका अध्यक्ष कार्कीले बताए ।
‘अहिलेसम्म त निरन्तर मूल्य बढिरहेको छ । अहिले केही घटेको हो,’ उनले भने, ‘तर, निरास हुनुपर्ने ठाउँ छैन । अलैंची तिहारले गर्दा केही घटेको हो । यस पटक ५० हजार रूपैयाँभन्दा बढी मूल्य हुन्छ भन्ने आस गरेका छौं ।’ नेपालको ४३ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएको छ । जसमध्ये सबैभन्दा धेरै पूर्वीपहाडी जिल्लामा अलैंची उत्पादन हुन्छ ।

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया