गोलाप्रथा लागू भए पनि फुलकोर्ट नबसी मुद्दा सुनुवाइ नहुने, यस्तो छ प्रक्रिया

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशको बैठकले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालत नियमावली र मुद्दा सुनुवाइसम्बन्धी कार्यविधि संशोधन गरेको छ ।
१८ जना न्यायाधीशहरूको बैठकले नियमावली र निर्देशिका संशोधन गरे पनि तत्काल मुद्दा सुनुवाइ भने नहुने भएको छ ।
पूर्वसहमतिअनुसार न्यायाधीशहरूको बैठकले सर्वसहमतिबाट पारित गरेको नियमावली र निर्देशिकामा प्रधानन्यायाधीशले हस्ताक्षर गरेपछि कानुन मन्त्रालयमार्फत राजपत्रमा सूचना प्रकाशित गर्न पठाइने छ ।
राजपत्रमा सूचना प्रकाशन भएर आएपछि गोलाप्रथाबाट मुद्दाको सुनुवाइ गर्ने मिति तय गर्न पुनः फुलकोर्ट बैठक बस्नुपर्ने हुन्छ ।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले हस्ताक्षर गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुलकोर्ट बैठक बस्नेछ ।
‘राजपत्रमा प्रकाशन हुनेबित्तिकै मुद्दा सुनुवाइ गर्ने भन्ने हुँदैन, कुन दिनबाट सुरु गर्ने भन्ने विषय टुंगो लगाउन पुनः फुलकोर्ट बस्नुपर्छ, त्यो बैठकले तय गरेको मितिबाट मात्र गोलाप्रथाको पेसीबाट तय हुने मुद्दा हेर्ने हो,’ एक न्यायाधीशले भने ।
उनका अनुसार शुक्रबार राजपत्रमा सूचना प्रकाशित भएमा सोही दिन या आइतबार पुनः फुलकोर्ट बैठक बसेपछि मात्र गोलाप्रथा लागू हुने मिति तय हुनेछ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया