प्रधानन्यायाधीशले अदालतभित्र लाठी र हतियार भित्र्याए : चण्डेश्वर श्रेष्ठ

काठमाडौँ – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीशले अराजकता फैलाएको आरोप लगाएका छन् । बिहीबार दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कुटाइबाट घाइते भएका श्रेष्ठले उपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशको आलोचना गरेका हुन् ।
बिहीबार दिउँसो सर्वोच्च परिसरभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको श्रेष्ठले आरोप लगाए ।
‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले लिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भने, ‘व्यक्ति मरे केही हुँदैन तर न्याय मर्न हुँदैन ।’

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया