'आइएमइ डबलको डबल अफर'का विजेता सार्वजनिक

काठमाडौँ - इन्टरनेशनल मनी एक्सप्रेस (आइएमइ)ले ‘आइएमइ डबलको डबल अफर’को अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । आइएमइले लक्की ड्रमार्फत बिहीबार (आज) विजेता सार्वजनिक गरेको हो । सो नतिजाअनुसार आइएमइ सेवाग्राही दोलखाका जियेश दाहाल विजेता छनोट भएका छन् । विजेताले १२ लाख ५२ हजार ४ सय ६४ रूपैयाँ जितेका छन् । उनले युएइबाट आइएमइ गरेका थिए ।
आइएमइ गु्रपका अध्यक्ष चन्द्र ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरी भाग्यशाली विजेता छनोट गरेका हुन् ।
कार्यक्रममा अन्य साप्ताहिक बिजेताहरू पनि घोषणा गरिएको थियो । अध्यक्ष ढकालले रेमिट्यान्सलाई डिजिटलाइजेशन गर्ने गरी काम सुरु गरिएको बताए । उनले रेमिट्यान्सबाट आउने पैसालाई लगानी गर्न सके विदेशमा दुःख गरेको आर्जनको फाइदा लिन सकिने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताए । चाडपर्वलाई लक्षित गरी आईएमइले असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो । ५७ दिनका लागि कायम सो अफरअन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरी कुल २१ जना लाभान्वित भएका छन् ।

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

प्रतिक्रिया