यस्तो रह्यो साताको सेयर बजार

काठमाडौँ- साताको अन्तिम दिन बिहीबार सेयर परिसुचक ३२.३९ अंकले बजार घटेको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७६९.१३ बिन्दूमा आएकाे छ । बुधबार नेप्से २८०० बिन्दू नाघेकाे थियाे ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ४.२५ अंक अर्थात् ०.८१ प्रतिशतले घटेको छ । बिहिबार २ सय २४ कम्पनीका सेयर ७० हजार ३७ पटक कारोबार भएको छ ।
बिहीबार ६ अर्व २७ करोड १८ लाख ६७ हजार ३ सय ३० रूपैयाँ बराबरको ९८ लाख ६२ हजार ९ सय ४० सेयर कारोबार भएको छ ।
साताको पहिलोदिन आइतबार १.३८ अंकले घटेको बजार सोमबार,मंगलबार तथा बधुबार भने केही बढेको थियो ।
बिहिबारको कारोबारमा मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागको छ । आजको कारोबारमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको सेयर मूल्य घटेको छ
मिति |
नेप्से परिसुचक |
कारोबार रकम |
कार्तिक २८ आइतबार |
२६८८.९२ |
४ अर्ब ९ करोड रुपैयाँ |
कार्तिक २९ सोमबार |
२७१५.३५ |
४ अर्ब ७३ करोड रुपैयाँ |
कार्तिक ३० मंगलबार |
२७८४.५७ |
५ अर्ब ५२ करोड रुपैयाँ |
मंसिर १ गते बुधबार |
२८०१.५२ |
७ अर्ब ३७ करोड रुपैयाँ |
मंसिर २ गते बिहिबार |
२७६९.१३ |
६ अर्ब २७ करोड रुपैयाँ |

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

प्रतिक्रिया