सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप

काठमाडौँ - शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव कृष्णबहादुर राउतले क्याबिनेट शाखाले अपडेट नगर्दा नदेखिएकोे बताए । ‘मन्त्रिपरिषदको निर्णयको अपडेट क्याबिनेट शाखाले गर्ने हो, अब म अपडेट गराउन भनिहाल्छु,’ प्रवक्ता राउतले भने । 

पूर्ववर्ती सरकारले गत ७ असारमा गरेको निर्णयपछि कुनै पनि निर्णय सार्वजनिक नगरिएको हो । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ताले बैठकका निर्णय सार्वजनिक गर्ने गरेको भए पनि वेबसाइटमा भने त्यसलाई राखिएको छैन ।

पूर्ववर्ती सरकारले सातामा एक दिन मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने गरेको भए पनि देउवा नेतृत्वको सरकारले भने बैठक सकिएलगत्तै प्रवक्तामार्फत मौखिक रूपमा निर्णय सार्वजनिक गर्दै आएको छ । 
 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक