७० दिनमा सकियो ‘प्रेमगन्ज’, भ्यालेन्टाइन प्रदर्शन लक्ष्य

काठमाडौँ - महामारीको दोस्रो लहरमा परेर रोकिएको फिल्म ‘प्रेमगन्ज’ले सुटिङ सकेको जानकारी गराएका छन् । निर्देशक परिच्छेद सेनले क्यामरा चलेको दिन गन्ति गरेर ७० मा छायांकानको काम सकिएको जानकारी गराएका छन् ।
वैशाखमा फ्लोरमा गएको फिल्म यसको केही समयपछि नै आएको महामारी र सरकारले गरेको लकडाउनका कारण रोकिन बाध्य भएको थियो । खुलेपछि सुटिङ फिल्मलाई बेलाबखत क्यामराले पनि धोका दिएको थियो । सुटिङ गरिरहेको समयमा नै क्यामराले काम नगरेपछि पनि सुटिङलाई बाधा पुगेको परिच्छेदले इकागजलाई बताए ।
फिल्ममा नव प्रवेशी तेज गिरीसँग बेनिशा हमाल र सम्पदा बानियाँले रोमान्स गरेका छन् । यीबाहेक फिल्ममा नरेश पौडेल, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आरुषी खड्का आदि कलाकारको अभिनय रहेको छ ।
सञ्जय लामाको छायाँकान रहेको फिल्मलाई निर्देशक परिच्छेद स्वयंले लेखेका हुन् । २५ वर्षदेखि स्पटब्वाईको रुपमा काम गरिरहेका राजु फुयालले निर्माण गरेको फिल्म प्रेम दिवसको छेको पारेर फागुनमा रिलिज गर्ने सोच रहेको परिच्छेदले बताए । ‘यो मितिमा पोस्ट प्रडक्सनको काम सकिएन भने अर्को वर्षको सुरुमा नै रिलिज गर्न सक्छौँ,’ परिच्छेदले भने ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया