बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

ट्रमामा उपचाररत डा. खरेलको मृत्यु

काठमाडौँ – कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत २८ वर्षीय डा. दीपक खरेलको बिहीबार बिहान निधन भएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परेका थिए । उनको टाउकोमा रगत जमेको थियो ।

न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उनको उपचार गरिरहेको थियो । दुर्घटनापछि उनलाई बुटवलको एक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको थियो । आर्थिक स्थिति कमजोर भएका कारण उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएको थियो ।