चैतमा रिस्ता बस्नेतको ‘पासो’

काठमाडौँ- रिस्ता बस्नेतको मुख्य भूमिका रहेको ‘पासो’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । निर्माण टिमले जारी गरेको पोस्टरमा फिल्म चैत १८ मा प्रदर्शनमा आउने जनाइएको छ ।
रिस्ता केही समयदेखि ठूलो पर्दाबाट हराएकी थिइन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र व्यवसायिक रुपमा सफल हुन नसकेपछि रिस्ताले आफूलाई नयाँ स्वरुपमा ढाल्नका लागि समय लिएकी थिइन् ।
सरु र प्रमिला नाम गरेका दुई जना साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो चलचित्र निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितिबाट सुरक्षित राख्न गरेको संघर्षको कथामा यो चलचित्र निर्माण भएको निर्देशक आर.बी पुनले जानकारी दिए ।
चलचित्रमा पुनको नै कथा, पटकथा तथा संवाद छ । चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । चलचित्रलाई क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सह–निर्माता हुन् । चलचित्रमा रिस्ताको साथमा सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।चलचित्रलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया