अमेरिकी सहायक विदेश मन्त्री लुले गरे खोप अभियानको निरिक्षण
काठमाडौँ - नेपाल भ्रमणमा रहेका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को निरिक्षण गरेका छन् ।
बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर उनले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई उपलब्ध गराइएको फाइजर खोप अभियानको निरिक्षण गरेका हुन् ।
सो क्रममा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले नेपालमा भइरहेको खोप अभियानको बारेमा जानकारी गराएका थिए । कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६ सय ३० मात्रा प्राप्त गरेको थियो ।
निरिक्षणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले नेपालमा भएको खोप अभियानको प्रसंशा गरे । कोरोनाबाट विश्वलाई नै सुरक्षित गर्न खोपको विकल्प नभएको उनले बताए । बालबालिकाकालािग पनि खोप लगाउन नेपाललाई सहयोग गर्ने उनको भनाई छ ।
त्यस्तै स्वास्थ्य मन्त्री खतिवडाले आगामी दिनमा पनि कोरोनाविरुद्धको लडाइमा अमेरिकाको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । आगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उनले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ । त्यस्तै विदेशमन्त्री डोनल्ड लु ले शिक्षण अस्पतालको पनि निरिक्षण गरेका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया