'खाद्यान्नपहिला बासस्थानको व्यवस्था गरिदिनूस्'
‘आगो निभाउनलाई पानीसमेत पाइएन’

मुगु - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन शाहीलाई आगलागी पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बुधबार बिहान हेलिकप्टरमार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाहीलाई यहाँका पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
खाद्यान्न थन्क्याउने र खाने ठाउँ नै नभएकाले तत्कालका लागि उनीहरूले बासस्थानको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । कात्तिक २९ गते गमगढी बजारमा भीषण आगलागी भएसँगै पीडितहरू निकै चिन्तामा छन् । अग्निपीडितले मुख्यमन्त्री शाहीलाई सरकारले राहतको लागि टेन्ट प्रदान गर्दा पनि आफूहरूले कहाँ गाडेर बस्ने भन्ने अवस्थामा रहेकाले वासस्थानको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
‘प्रदेश सरकारबाट राहत प्रदान होला । कहाँ खाने ? कहाँ राख्ने ?,’ उनीहरूको प्रश्न छ । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्र शाही बुधबार राहत ल्याएर गमगढीमा पुगेका हुन् । तर सरकारबाट राहत कम मात्रामा ल्याइएपछि सबैलाई पुग्ने गरी पछि वितरण गरिने बताइएको छ ।
सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बस्ने ५५ गरी ८० घर परिवार विस्थापित भएका छन् । उनीहरूले आगलागी हुँदा निभाउनलाई पानीसमेत नरहेको भन्दै मुख्यमन्त्रीसामु आक्रोश पोखेका छन् । मुख्यमन्त्री शाहीले पीडितहरूसँग समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया